हालसम्म कोरोना भाइरस नदेखिएका यी हुन् पाँच देश, विश्वभर २१ हजार २९३ को मृत्यु

कोरोना संक्रमित भेटिए पनि नेपालसहित १२ देशमा हालसम्म गएको छैन कसैको ज्यान


प्रकाशित मिति : March 26, 2020

काठमाडौं, १३ चैत । कोरोना (कोभिड–१९) भाइरसको डढेलो अहिले विश्वभर तीब्ररुपमा फैलिइरहेको छ । आज (बिहीबार) सम्म विश्वका १९७ देशमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । तर, हालसम्म पाँच वटा देशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

दक्षिणी सुुडान, बोत्सवाना, येमन, तुर्कमेनिस्तान र उत्तर कोरियाले हालसम्म आफ्नो देशमा कोरोना संक्रमित रहेकोबारे औपचारिक रुपमा कुनै जानकारी गराएका छैनन् । विश्वमा २३० छन् । जसमध्ये १९५ देश संयुक्त राष्ट्रसंघमा सूचीकृत छन् । विश्वमा एकबाट अर्कोमा टुक्रिएका देशहरु पनि छन् ।

कोरोनाका संक्रमित भेटिए पनि हालसम्म नेपालसहित, म्यानमार, काजाकिस्तान, माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवान्युगिनी, अङ्गोला, फिजी, हाइटीमा कसैको ज्यान गइसकेको छैन ।
कोरोनाबाट विश्वभर २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति
विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३७१ व्यक्ति हाल उपचारारत छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् । नौ हजार ३६२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ३ हजार ६४७ जनाको मृत्यु भएको छ । हाल ४९ हजार ५१५ जना सङक्रमित रहेका छन् । बिहीबार प्राप्त एक समाचारका अनुसार पाँच हजार ३६७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् । चीनबाट बिहीबार प्राप्त एक समाचारअनुसार ७४ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ७७ जनाको मृत्यु भएको छ । हाल २७ हजार १७ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३७६ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २०६ व्यक्तिको मृत्यु भएको छ । हाल ३७ हजार ३२३ जना सङक्रमित रहेका छन् । यसैबीच तीन हजार ५४७ उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३१ जनाको मृत्यु भएको छ । हाल ६८ हजार ३६७ जना संक्रमित भने ३९४ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३३१ जनाको मृत्यु भएको छ । बिहीबार प्राप्त एक समाचारअनुसार २५ हजार २३३ सङ्क्रमित रहेका छन् भने ३ हजार ९०० उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १३१ व्यक्तिको मृत्यु भएको छ । नौ हजार २४१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार चार हजार १४४ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १५३ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८९७ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४६५ व्यक्तिको मृत्यु भएको छ ।

नौ हजार ५२९ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३५६ व्यक्तिको मृत्यु भएको छ । छ हजार ४१२ सङ्क्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण ३१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ५८८ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १७८ व्यक्तिको मृत्यु भएको छ । चार हजार ९३७ सङ्क्रमित भएका छन् ।

यसैबीच ५४७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १४ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ८४ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ११, ब्राजिलमा ५९, स्वेडेनमा ६२, पोर्चुगलमा ४३, क्यानाडामा ३६ , डेनमार्कमा ३४, मलेसियामा २०, आयरल्याण्डमा ९, पोल्याण्डमा १४ , ग्रीसमा २२, इन्डोनेसियामा ५८, फिलिपिन्समा ३८, हङकङमा ४, इराकमा २९, अल्जेरियामा २१ , भारतमा १२, पाकिस्तानमा ८, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ५, इजिप्टमा २१, पानामामा ८ मृत्यु भएको छ ।

यस्तै अर्जेन्टिनामा ८, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ६, अफगानिस्तानमा २, नाइजेरियामा १, बङ्गलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्