लुक्लामा अलपत्र १४ जना फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन ताराको जहाज उड्यो


१३ चैत्र २०७६, बिहीबार
1585209950Tara Air

काठमाडौं, चैत १३ । दुई दिनदेखि लुक्लामा अलपत्र परेका १४ फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन तारा एयरको जहाज काठमाडौंबाट उडेको छ।

ताराले गृह मन्त्रालयको अनुमतिमा उद्धार उडान गरेको हो। नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि पदयात्रामा रहेका उनीहरुलाई ल्याउनका लागि काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर पठाएको हो।

तारा एअरको १८ सिट क्षमता भएको ट्वीनटर जहाज लुक्ला गएको हो। दूतावासले पोखरामा रहेका आफ्ना नागरिकलाई काठमाडौं ल्याउनका लागि पनि जहाज पठाउने तयारी गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७