ग्राहकसँग शुल्क नउठाउन बीमा कम्पनीलाई बीमा समितिको निर्देशन


१३ चैत्र २०७६, बिहीबार
bima company

काठमाडौं, १३ चैत । बीमा समितिले जीवन बीमा कम्पनीलाई चैत मसान्तसम्म कुनै पनि शुल्क नउठाउन निर्देशन दिएको छ । बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको समितिले बिहीबारसबै बीमा कम्पनीको नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

त्यस्तै, जीवनबीमाको अवधि समाप्तपछिको भुक्तानी बैंकमार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको छ । निर्जीवन बीमा कम्पनीको हकमा भने नवीकरण वापतको बीमा शुल्क लिन पाउने व्यवस्था कायमै राखे पनि त्यस्तो शुल्क विद्युतीय माध्यमबाट लिन पाउने व्यवस्था मिलाउन भनिएको छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीका सम्बन्धमा भने समितिले विद्युतीय माध्यमबाट आवश्यक प्रमाणहरु संकलन गर्ने र अवस्था सामान्य भएपछि दाबी भुक्तानी दिनसक्ने व्यवस्था गरिएको छ । सर्भेयरले सबै बीमा कम्पनीहरुलाई न्यूनतम बीमा सेवालाई निरन्तरता दिनुका साथै त्यस्तो सेवाको बारेमा आमसञ्चार र सामाजिक सञ्जालमार्फत् बीमित र सेवाग्राहीलाई जानकारी दिन समेत भनेको छ ।

अभिकर्ता इजाजतपत्र नवीकरण गर्नका लागि बीमकमार्फत समितिको नविल बैंकमा रहेको खाता नं. ०११००१३०११००१ मा चैत मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने व्यवस्था गरिएको छ।

निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दावी भुक्तानीका लागि विद्युतीय माध्यममार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति एकीन गरी दावी भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ।

त्यस्तै, समितिले इजाजतप्राप्त अभिकर्ता र सर्भेयरलाई चैत मसान्तभित्र आफ्नो इजाजतपत्रको नवीकरण दस्तुर बुझाउन भनेको छ । त्यसो गर्दा कुनै पनि प्रकारको जरिवाना नलाग्ने समेत समितिले स्पष्ट पारेको छ ।

बुधबार अर्थ मन्त्रालयमा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिले बीमा समितिलाई बीमा कम्पनीबाट न्यूनतम सेवा प्रवाहको सुनिश्चितता गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार समितिले परिपत्र गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७