कोरोना कोषलाई एक महिनाको तलब दिने बीओकेका सीइओ शोभनदेव पन्तको घोषणा


१३ चैत्र २०७६, बिहीबार
bank of kathamandu scaled

काठमाडौं, १३ चैत ।  बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शोभनदेव पन्तले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

पन्तले एक महिनाको तलब ५ लाख ५१ हजार ४१३.९४ रुपैयाँ कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् । उनले कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने वित्तीय संकट समाधान गर्नका लागि कर्पोरेट क्षेत्रले अग्रसरता लिनुपर्ने समेत बताए ।

मुलुक लकडाउन भएको समयमा दैनिक ज्यालामा काम गर्ने श्रमिक, बेराजगार जनशक्ती सबैभन्दा बढी संकटमा परेको भन्दै यसले निम्त्याउन सक्ने भोकमरी र जीवनशैलीलाई देखिएको समस्या समाधानका लागि कर्पोरेट क्षेत्र अगाडि आउनु पर्ने समेत उनको भनाइ छ ।

उनले बैंक र अन्य कर्पोरेट क्षेत्रहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसका विरुद्ध काम गर्नुपर्ने बताए । सबैले कर्पोरेट क्षेत्रले रकम जम्मा गरी कोरोना संक्रमितको उपचारमा खर्च गर्नुपर्ने समेत उनको भनाइ छ । साथै पीपीईलगायतका सामग्री उपलब्ध गराउन पनि कर्पोरेट क्षेत्रलाई आग्रह गरेका छन् । मुलुकमा लागू भएको लकडाउनको समय र त्यसपछिको समयमा अत्यावश्यक सामग्रीको आपूर्तिमा निकै चुनौती भएको उल्लेख गर्दै यसमा पनि समस्या समाधान गरिनुपर्ने उनको सुझाव छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७