रामचन्द्र तनहुँबाट सर्वसम्मत हुन सकेनन्, गोविन्दराजको चुनौती
तनहुँ, १८ असोज : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाबाट सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस हुन सकेनन् । प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ प्रत्यक्ष तर्फ वरिष्ठ नेता पौडेल, केन्द्रिय सदस्यद्धय शंकर भण्डारी, गोविन्द भट्टराई, पुर्व सहमहामन्त्री गोविन्दराज जोशी, सांसद रामचन्द्र पोख्रेल र महिला संघ तनहुँकी पुर्व अध्यक्ष शशी आचार्य रहेका छन् ।
त्यही क्षेत्रमा पुर्व सहमहामन्त्री जोशिले चर्को दाबेदारी प्रस्तुत गरेका छन् । उनले वरिष्ठ नेता पौडेललाई चुनाव जितेर देखाउन चुनौती दिएका छन् । नेता जोशीले पार्टी कार्यालय परिसरमा क्षेत्रीय समितिको बैठक माथी चलिरहदाँ मंगलवार उनले केन्द्रिय संसदको टिकटको लागि ध्यानाकर्षण सभाको आयोजना गरेका थिए । उनले आफूलाई टिकट नदिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
त्यस्तै संघीय समानुपातिक तर्फ पुर्व केन्द्रिय सदस्य अमरराज कैनी, जिल्ला कोषाध्यक्ष रेशम गुरुङ, महाधिवेशन प्रतिनिधि चिनु पोख्रेल, पुर्व महासमिती सदस्य तेज बहादुर पन्त, शिक्षक संघको पुर्ब अध्यक्ष रमेशचन्द्र हड्खले रहेका छन् । संघीय निर्वाचनको क्षेत्र नम्बर २ प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य प्रदिप पौडेल, नेपाली कांग्रेस संसदीय दलका सचिब धुर्ब वाग्ले, जिल्ला उपसभापती जित प्रकाश आले, महासमिती सदस्य पुष्प पराजुली, नेपाल महिला संघ तनहुँकी उपसभापति चन्द्रकला भट्टराई रहेका छन् । यस्तै समानुपातिक तर्फ महासमिती सदस्य यदुनाथ खनाल, महाधिवेशन प्रतिनिधि शक्ति हिराचन, जिल्ला पुर्ब सचिव नारायण प्रसाद सिग्देल, जिल्ला पुर्व प्रबक्ता हरि प्रसाद उपाध्याय वाग्ले, तरुण दलका अध्यक्ष वीर बहादुर थापा र तारा अधिकारी लम्साल रहेका छन् ।
तनहुँमा यसअघि तीन निर्वाचन क्षेत्र रहेकोमा निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार क्षेत्र कायम गरेको छ ।कुनै समय केन्द्रिय राजनीतिमा एकछत्र राज गरेका कांग्रेसका नेताहरु फेरि सलबलाउन थालेका छन् । नेपाली कांग्रेसको तर्फबाट पौडेल, जोशी, कैनीले एकै पटक तीन ठाउँबाट जित हासिल गरेका भएतापनी अहिले दुई क्षेत्र कायम भएपछी नेताहरुलाइ भाग पु¥याउन पनि गाह्रो देखिएको छ ।
क्षेत्र नम्बर एकमा भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लाई टिकट वितरण गर्न निकै सकस देखिएको छ । त्यही ठाउँबाट वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्यद्धय शंकर भण्डारी, गोबिन्द भट्टराई, पुर्ब सहमहामन्त्री गोबिन्दराज जोशी र सांसद रामचन्द्र पोख्रेल रहेकाले पौडेललाई टिकट वितरण गर्न निकै असजिलो भएको कार्यकर्ताहरुको भनाई छ ।