गोर्खाज फाइनान्सकाे विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न आग्रह


प्रकाशित मिति : 26 March, 2020 8:47 pm

काठमाडौं, १३ चैत । विद्युतीय कारोबार गर्न गोर्खाज फाइनान्सले आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ ।

कारोना भाइरसको संक्रमण बढ्न नदिन देशभर लकडाउन भएपछि सो फाइनान्सले आफ्ना ग्राहकहरुलाई विद्युतीय सेवा प्रयोग गर्न आग्रह गरेको हो । फाइनान्सले वर्तमान असहज परिस्थितिमा सेवाग्राहीलाई संस्थाबाट प्राप्त हुने आधारभूत बैंकिङ्ग सेवामा कुनै कठिनाइ भएमा उपत्यका र उपत्यका बाहिरका शाखाका सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्न सम्पर्क नम्बरसहित अनुरोध समेत गरेको छ ।

फाइनान्सका सूचना अधिकृत शम्भु राई अनुसार, सेवा प्रवाहका सन्दर्भमा जानकारी दिनका लागि २२ जना कर्मचारीको नामावलीसमेतको सूचना सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्