कोरोना राहत कोषमा सहयोग गर्ने सन्दीपको घोषणा


१४ चैत्र २०७६, शुक्रबार
sandeep

काठमाडौं, १४ चैत । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) सँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले बिहीबार राति फेसबुकमार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुशी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिसौं ।’

सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण सोमबार एक जना युवतीमा पुष्टि भएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ । अन्नपूर्ण पोष्टबाट

san

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७