कोरोनाबाट एकै दिन दुई हजार ७९१ को मृत्यु, अमेरिकाले उछिन्यो चीनलाई

चीनले कोरोनाको तथ्याङ्क लुकाएको ट्रम्पको आरोप


१४ चैत्र २०७६, शुक्रबार
korona treatment

काठमाडौं, १४ चैत । विश्वभर डढेलोझै फैलिएको प्राणघातक महामारीको कोरोना ९कोभिड–१९० संक्रमणले झन भयावह रुप लिन थालेको छ ।

आज ९शुक्रबार० सम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामै कोरोना भाइरस संक्रमणबाट विश्वभर दुई हजार ७९१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ७३ पुगेको छ । यो तथ्याङ्क शुक्रबार बिहान ७ः४५ बजेसम्मको हो ।

कोरोना भाइसका कारण विश्वभर हालसम्म पाँच लाख ३१ हजार ७९९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २३ हजार ९३२ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी स्पेनमा यसको संक्रमणबाट ७१८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट ४ हजार ३६५ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै भएको छ । गएको २४ घण्टामा १५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएसँगै अमेरिकामा संक्रमितको संख्या चीनमा भन्दा धेरै भएको हो ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ४ सय पुगेको र एक हजारभन्दा धेरैको ज्यान गएको जोन हप्किन्स् विश्वविद्यालयले जनाएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या संसारकै सबैभन्दा धेरै भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसको कारणबारे जानकारी दिएका छन् ।

उनले यसलाई परीक्षणको नतिजा बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले धेरैभन्दा धेरै परीक्षण गरिरहेका छौं, यो त्यसैको परिणाम हो ।’

ट्रम्पले चीनले कोरोना संक्रमितको आँकडा लुकाइरहेको आरोप लगाएका छन् । उनले भने, ‘चीनमा कोरोना संक्रमितको संख्या जति बताइएको छ, वास्तवमा त्यहाँ त्यो भन्दा कयौं गुणा बढी संक्रमित छन् ।’

korona medi

यस्तै इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट ८ हजार २१५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी फ्रान्समा ३६५, अमेरिकामा २६६, जर्मनीमा ६१, इरानमा १५७, युकेमा ११५, जनाले गएको २४ घण्टामा ज्यान गुमाएका छन् ।

छिमेकी देश भारतमा यसको संक्रमणबाट एकै दिन आठ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २० पुगेको छ । त्यहाँ अहिलेसम्म ७२७ जना संक्रमित भइसकेका छन् । अर्को छिमेकी देश चीनमा भने गएको २४ घण्टामा पाँच जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी जर्मनीमा ६१, स्वीटजरल्याडमा ३८, दक्षिण कोरियामा ५, नेदरल्याण्डमा ७८, अस्ट्रियामा १८, बेल्जियममा ४२, क्यानाडामा ३, टर्कीमा १६, पोर्चुगलमा १७, अस्टे«लियामा २, ब्राजिलमा १८, स्वीडेनमा १५, इजरायलमा ३, मलेसियामा ३, चेकियामा ३, डेनमार्कमा ७ जनाले गएको २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यस्तै आयरल्याण्डमा १०, लक्जेम्बर्गमा १, इक्वेडरमा ५, जापानमा २, चिलीमा १, पोल्यान्डमा २, पाकिस्तानमा १, रोमानियामा ६, साउदी अरेबियामा १, फिनल्यान्डमा २, इन्डोनेसियामा २०, ग्रिसमा ५, फिलिपिन्समा ७, पानामामा १, अर्जे्न्टिनामा ४, स्लोभानियामा १, इजिप्टमा ३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै क्रोएसियामा २, कोलम्बोमा २, मेक्सिकोमा १, सर्बियामा ३, इराकमा ७, अल्जेरियामा ४, अर्मे्नियामा १, मोरक्कोमा ५, अन्डोरामा २, अल्बानियामा १, ब्रुकिन फासोमा ३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै अजरबैजानमा १, काजकिस्तानमा १, अफगानिस्तानमा २, क्युवामा १, होन्डुरसमा १, डिआरसीमा १, केन्यामा १ र च्यानल टापुमा १ जनाले कोरोना संक्रमणबाट गएको २४ घण्टामा ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७