पुनः परीक्षणका लागि हङकङ पठाइएका आठ नमूनामा देखिएन कोरोना


१४ चैत्र २०७६, शुक्रबार
korona 1 3

काठमाडौं, १४ चैत । कोरोना भाइरस पुनः परीक्षणका लागि नेपालबाट पठाइएका आठ नमूनामा कोरोना भाइरस भेटिएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणपपछि पुनः परीक्षणका लागि हङकङ पठाइएका आठ नमूनाहरुको नतिजा पनि नेगेटिभ (कोरोना नभएको) आएको हो । प्रयोगशालाका नमूना परीक्षण टिमका प्रमुख कन्सल्टेन्ट माइक्रोबाइजोलिस्ट डा. रन्जित साहका अनुसार पछिल्लो पटक विश्व स्वास्थ्य संगठनको प्रयोगशाला हङकङ पठाइएका नमूनाको नतिजा पनि नेपालमा जस्तै आएको हो ।

नेपालमा भइरहेको कोरोना भाइरस परीक्षणप्रति शंका–उपशंका भइरहेका बेला हङकङबाट पुनः परीक्षणपछि आएको आठ वटा रिपोर्टले नेपालको कोरोना परीक्षण विश्वसनीय भएको पुष्टि गरेको छ । यस पटक पठाइएका नमूनाको नतिजा हङकङमा समेत नेपालको जस्तै नेगेभिट आएको साह बताउँछन् ।

हालसम्म नेपालमा ७५८ नमूना परीक्षण गरिएकोमा तीन जनामा मात्र संक्रमण भेटिएको छ । त्यसबाहेक ७५५ जनामा नेगेटिभ (भाइरस नभएको) देखिएको छ । ती संक्रमितमध्ये एक जना निको भइसकेका छन् भने एक युवती र एक युवकको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७