कोरोनाभाइरस सङ्क्रमितको संख्या चीनभन्दा अमेरिकामा धेरै


१४ चैत्र २०७६, शुक्रबार
Corona USA
Virus Outbreak Florida Cruise Chips

काठमाडौं, १४ चैत :  कोरोनाभाइरस (कोभिड- १९) सङ्क्रमितहरुको संख्या चीन र इटलीमा भन्दा अमेरिकामा धेरै पुगेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार शुक्रबार (१४ चैत २०७६) अमेरिकामा  सङ्क्रमितहरुको संख्या ८५ हजार ६ सय १२ पुगेको छ । १३ सय १ अमेरिकीहरुले ज्यान गुमाएका छन् ।

चीनमा सङ्क्रमितहरुको संख्या ८१ हजार ३ सय ४० पुगेको छ । इटलीमा ८० हजार ५ सय ८९ पुगेको छ । तर, ज्यान गुमाउनको संख्या भने इटलीमा बढी छ । इटलीमा ८ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले धेरै अमेरिकनहरुमा परिक्षण गरिएको कारण संख्या बढी भएको दाबी गरेका छन् ।

ट्रम्पको बोली फेरियो
यसैबीच कोरोनाभाइरस कोभिड-१९लाई चिनियाँ भाइरसको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सहकार्य गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले सीसँग संवाद भएको ट्विटरमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘यो ग्रहको ठूलो हिस्सालाई ध्वस्त पारिरहेको कोरोना भाइरसबारे वृहतरुपमा छलफल भयो । चीनले यो भाइरसबारे निकै बलियो जानकारी विकास गरेको छ। हामी सँगै काम गरिरहेका छौं । धेरै सम्मान छ ।’

राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कोरोना संक्रमणका कारण सिर्जित संकट सामना गर्नेबारे फोनवार्ता भएको छ । उनीहरुबीच जी–२० को भिडियोमार्फत कुराकानी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेको छ ।

यो भाइरस रोक्नका लागि अन्तराष्ट्रिय प्रयासहरुलाई सशक्त बनाउने, आर्थिक क्षेत्र ओरालो लागेका बेला अर्थतन्त्रलाई टेको लगाउने बिषयमा कुरा भएको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७