लकडाउन उल्‍लंघन गर्नेलाई नछोएरै पक्राउ गर्दै प्रहरी


१४ चैत्र २०७६, शुक्रबार
91171484 1901234233348815 3818970892516458496 o
तस्बिर सामाजिक सन्जाल फेसबुकबाट

काठमाडौं, चैत १४ । प्रहरीले लकडाउन उल्लंघन गर्नेहरूलाई पक्रिन विषेश खालको मेसिन प्रयोगमा ल्याएको छ।

मानिसबाट मानिसमा तीव्रगतिमा सर्ने कोभिड(१९ को संक्रमण विश्‍वका १९९ देशमा पुगिसकेको छ। लकडाउनको चौथो दिन चलिरहँदा प्रहरीले लकडाउन उलंघन गर्नेलाई पक्राउ गरिरहेको छ। हातै हालेर पक्रिँदा कोरोना संक्रमण सर्ने जोखिम भएपछि प्रहरीले मानिस पक्राउ गर्ने मेसिन ल्याएको छ।


लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किदिएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो। निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ।
प्रहरीले यसअघि पञ्जा लगाएर समात्दा पनि थु्क या र्‍यालयबाट कोरोना भाइरस सर्ने जोखिम उस्तै हुन्छ। यस्तोमा लकडाउनमा सडकमा निस्कने मानिसलाई पक्राउ गर्न मेसिन ल्याएको हो।

शुक्रबार देखि महानगरीय प्रहरी परिसर, काठमाडौंले उपत्यकामा बिना काम लकडाउनको उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिन विषेश मेसिन सहितको टोली खटाएको हो।
महानगरीय प्रहरी परिसर, काठमाडौंका डिएसपी होविन्द्र बोगटीले मान्छे पक्रिन म्यान क्याच इकुप्मेन्ट ल्याएका बताए ।

यस मेसिनले मान्छेहरूलाई छुनै नपर्ने गरी पक्राउ गर्न सकिने र छुट्टै खालको भ्यानमा राखेर लग्ने गरिन्छ। सोही मेसिन तथा विषेश टोली खटिएर एकै दिनमा प्रहरीले ४९ जनालाई पक्राउ गरिसकेको उनले बताए। हामीले आज मात्रै ४९ जनालाई नियन्त्रणमा लिएका छौं, उनले भने,पक्राउ परेका हरूको सामान्य जाँच गरेर हामीले छोड्ने वा जरिवाना तथा ६ महिनासम्म जेल सजाय पनि हुन सक्छ। पक्राउ परेकाहरूलाई भने छुट्टै हलमा राख्ने व्यवस्था गरेको परिसरले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७