श्रीमतीसँग झगडा परेको झोंकमा छोरीको हत्या


१४ चैत्र २०७६, शुक्रबार
pakrau 1 पक्राउ arrest

हुम्ला, १४ चैत । हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमान् श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गरेको आरोप लागेपछि बिहीबार राति चौलागाईँलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमकोटमा पुर्‍याएको उपरीक्षक घर्तीमगरले बताए ।

आजदेखि शुरु भएको उक्त डिभाइसलाई ‘मल्टी फङ्क्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ भनिन्छ । यसले केही मिटरको दूरीबाटै मानिसलाई नियन्त्रणमा लिन सहयोग गर्छ । जसका कारण मानिसलाई छोइरहनु पर्दैन । यसले रोगबाट बच्न सहयोग गर्ने विश्वास गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले बताए ।

आज पहिलो दिन छ वटा डिभाइस प्रयोग गरिएको छ । मानिसहरु सरकारी आदेश नमानी हेल्चेक्र्याइ गरेर सडकमा हिँड्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिन यसरी डिभाइसको प्रयोग गरिएको हो । प्रहरी प्रधान कार्यालयमा भएका अन्य डिभाइसलाई समेत प्रयोग गर्ने तयारी नेपाल प्रहरीको छ ।
ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर
महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीलाई वितरण गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै डिउटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरेका हुन् ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ सङ्क्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको ढकालले बताए । पहिलो चरणमा ३० लिटर उत्पादन गरिएको र आवश्यकतानुसार थप उत्पादन गरिने उनले बताए ।

महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको छ । विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारद्वारा कोरोना रोकथामका लागि गरिएको लक डाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७