इटलीमा एकै दिन ९१९ को मृत्यु, स्पेनमा ७७७ को गयो ज्यान

अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो


१५ चैत्र २०७६, शनिबार
korona italy 2 scaled

काठमाडौं, १५ चैत । कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण इटलीमा एकै दिन ९१९ जनाको ज्यान गएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १३४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९०९ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सय जना बढी लोम्बार्डी क्षेत्रका हुन् ।

यसै गरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १३८ पुगेको छ । स्पेनमा ७ हजार ९३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितहरुको कुल संख्या ६५ हजार ७१९ पुगेको छ ।

उता अमेरिकामा संक्रमितको रेकर्डस्तरको वृद्धि भएको छ । १७ हजार २९ जना नयाँ संक्रमित देखिएपछि यहाँ कूल संक्रमितको संख्या १ लाख २ हजार ४ सय ६४ पुगेको छ ।

साथै यहाँ एकैदिन ३ सय १२ जनाको मृत्यु भएको छ । यससँगै मृततको संख्या १ हजार २ सय ७ पुगेको छ । अमेरिका कोरोना भाइरसको नयाँ ‘इपिसेन्टर’ बन्ने खतरा भएको विभिन्न विज्ञले चेतावनी दिँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७