यस्तो छ कोरोनाको उपचाररत युवतीको स्वास्थ्य अवस्था


१५ चैत्र २०७६, शनिबार
teku

काठमाडौं, १५ चैत । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् ।

उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सङ्क्रमित युवती अस्पतालमै उपचाररत रहेको जानकारी दिए । उनले कोभिड–१९ सङ्क्रमित तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

 फ्रान्सबाट आएको कोभिड–१९ सङ्क्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको अस्पतालले जनाएको छ । फ्रान्सबाट गत चैत ४ गते कतारको दोहा हुँदै काठमाडौँ आएको युवतीमा कोभिडको सङ्क्रमण देखिएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको हो । नेपालमा हालसम्म चार जनामा कोभिडको सङ्क्रमण देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७