न्युयोर्कबाट आएकालाई यात्रामा प्रतिवन्ध


१५ चैत्र २०७६, शनिबार
newyourk

न्युयोर्क, १५ चैत । अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिंडडुल गर्न प्रतिवन्ध लगाइएको छ ।

अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यारोलिना राज्यमा यस्तो व्यवस्था गरिएको हो । ती राज्यहरुले न्युयोर्कबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ ।

अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै बनेको न्युयोर्कसँगै न्युर्जसी र सँगै जोडिएका अन्य ठाउबाट आएकालाई पनि घरमै बस्न आग्रह गरिएको अधिकारीहरुले बताएका छन ।
यसरी हिडडुल गर्न प्रतिवन्ध लगाउने राज्य सरकारको निर्णयलाई कतिपयले भने सविधान विपरीत भएको टिप्पणी गरेका छन ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा लकडाउन घोषणा गरिए पनि अमेरिकाले भने लकडाउनको निर्णय नगरेको तर केही राज्यले सेल्प mक्वारेन्टाइनमा बस्न लगाउने व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको रेखदेख र विवरण संकलन सरकारी अधिकारीहरुले गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुको अनुसार कतिपय यात्रुहरुले स्वघोषणा गरेर सेल्फ क्वारेन्टाइनमा बसेका छन भने,कतिपयलाई आग्रह गर्नु परेको छ । रासस–एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७