टोकियो ओलम्पिकको मिति परिवर्तन हुने, नाम नहुने


१५ चैत्र २०७६, शनिबार
Olympic committee1 scaled
The Olympic Rings stand in front of the flags of Nations in the Olympic Park in Sochi.. Picture date: Monday February 3, 2014. See PA story OLYMPICS Sochi. Photo credit should read: David Davies/PA Wire.

काठमाडौं, १५ चैत । सन २०२० जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिकको नाम परिवर्तन नहुने भएको छ ।

मिति सारेर सन २०२१ मा गर्ने लागिएको यस ओलम्पिक खेल, जापानको टोकियोमा ओलम्पिक टर्च पुगिसकेकोले नाम नर्फेने सहमती भएको हो । कोरोना भाइरस (कोभिड़–१९)को संक्रमण र क्राससँगै ओलम्पिक खेल इतिहासमा पहिलो पटक सरेको हो ।

भिडियो कन्फ्रेन्सिङका माध्यमबाट शुक्रबार विश्वभर रहेका राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष तथा महासचिबहरु, सबै महादेशका अध्यक्षहरु र टोकियो ओलम्पिक आयोजक देशसंग छलफलका क्रममा अध्यक्ष बाखले कोभिड १९ ले विश्वव्यापी रुपमा पारेको प्रभावले सन २०२० को टोकियो ओलम्पिक सार्नु परेको विषयमा अवगत गराउँदै यस बारे प्रस्ताव अघि सारेका थिए ।

आइओसीको कार्यकारी बोर्डले टोकियो ओलम्पिक सार्न गरेको निर्णयलाई अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटी, राष्ट्रिय ओलम्पिक कमिटी र जि–२० का देशका नेतृत्वले यसलाई स्वागत र समर्थन जनाएका छन ।

नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठ सहितको सहभागिता रहेको उक्त भिडियो कन्फ्रेन्सिङ बैठकमा जापानका प्रधान्मन्त्री सिन्जो आवे, विश्व स्वास्थ्य संगठन र आइओसीको सहमतीमा एक वर्षका टोकियो ओलम्पिक सार्ने निर्णय भएको हो ।

टोकियो ओलम्पिकका लागि प्रदान गरिने खेलाडी छात्रवृती कार्यक्रमलाई सन २०२१ सम्म निरन्तरता दिने भएको छ ।

यसैगरि ओलम्पिकमा सहभागिताका लागि हुने छनौट खेलहरुको नयाँ मिती तोकिने भएका छन ।

बैठकले अर्को मिती तय गर्नका लागि सम्बन्धित सबैसंग छलफल गरि अगाडी बढ्ने निधो समेत भएको छ । ओलम्पिक सन २०२१ को टोकियोमा समर भित्रै आयोजना हुने यस अघिनै जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७