लकडाउनकाे पाँचौ दिन सडक सुनसान


प्रकाशित मिति : March 28, 2020

काठमाडौं, १५ चैत । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको पाचौे दिन सडक सुनसान देखिएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएसँगै लकडाउनको पाँचौ दिन सडक सुनसान देखिएको हो ।

सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन् ।

प्रहरीले पाँचौ दिन पनि काठमाडौँबाट केहिलाई नियन्त्रणमा लिएको छ । केहि मोटरसाइकल र चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

प्रहरी कडा रुपमा प्रस्तुत
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको पालना नगर्नेबिरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।

लकडाउनको पर्वाह नगरी सडकमा मानिसहरु सडकमा निस्कीएपछि प्रहरीले थप कडाई गरेको हो ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गनेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले शनिबार मात्र पाँचसय भन्दा बढिलाई नियन्त्रणमा लिएको छ ।


कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्नेहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए ।


स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको उनले बताए ।


त्यस्तै उनले प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्रीहरु जुटाइएको जानकारी पनि दिए ।

सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको हो । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

कोरोना संक्रमितको संख्या ५ पुग्यो

 नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । 

हिजो (शुक्रबार) धनगढीमा कोरोनाका चौंथो संक्रमित व्यक्ति भेटिएका थिए । अहिले उनको धनगढीमा उपचार भइरहेको छ ।

यस्तै टेकु अस्पतालमा एक युवती र एक युवाको उपचार चलिरहेको छ । यस्तै एक जना कोरोना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्