तारा र यती एयरलाइन्सका चार ‘रेस्कयु’ उडान


१५ चैत्र २०७६, शनिबार
Twin Otter@Lukla 28 March

काठमाडौं,चैत १५ । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले ‘नेपाल लकडाउन’ गरेपछ अलपत्र परेका पर्यटकलाई उद्दार गर्ने क्रम जारी छ।

सम्बन्धित देशका दुतावास, नेपाल पर्यटन बोर्ड लगायतको संस्थाको सहककार्यमा हिमाली तथा पहाडी क्षेत्रबाट उद्दार गरेर काठमाडौं ल्याइँदै छ। यसमा विभिन्न एयरलायन्सहरुले उद्दार उडान गरिरहेका छन्। आज शनिबारमात्र यति तथा तार एयरले चार उडान गरेका छन्।

यति एयरलाइन्सका अनुसार ७५ जनालाई यी पाँच उडानबाट काठमाडौं ल्याइएको छ। पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना ल्याइएको यति एयरलाइन्सले जानकारी दिएको छ। यसमध्ये ६१ जना युरोपेली नागरिक छन् भने १४ जना अष्ट्रेलियका छन्।

१५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्दार गर्न तारा एअरको जहाज तयारी अवस्थामा भएपनि मौसम नखुलेका कारण उडान हुन सकिरहेको छैन।

काठमाडौंस्थित जर्मनी, अस्ट्रेलियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एअरलाइन्स र तारा एअरले पर्यटकहरु उद्दारका लागि जहाज पठाएको एयरलाइन्सले बताएको छ।


आज लुक्लाका लागि त्रिभुवन विमानस्थलबाट पहिलो उडान विहान ८ बजे,दोस्रो १० बजे, तेस्रो ११ र चौथों उडान १२ बजे भएको थियो । त्यस्तै पोखरामा रहेका पर्यटक लिन यती एअरलाइन्सको विमान १२ बजे प्रस्थान गरेको थियो ।

त्यस्तै शुक्रबार यती एयरलाइन्स मार्फत् पोखराबाट ५८ जना युरोपियन तथा स्वीस नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो । यसका साथै तारा एअरले चैत १३ गते लुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र १४ गते १४ जना अस्ट्रेलियन नागरिक गरी २८ जना पर्यटकहरुलाई लुक्लाबाट उद्दार गरी काठमाडौं ल्याएको थियो । लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी जहाज पठाइरहेको यती एअरलाइन्सले जानकारी दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७