स्पेनिस राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसबाट मृत्यु


१६ चैत्र २०७६, आईतवार
Princess Maria Teresa gynE7nMVvK

 काठमाडौं, १४ चैत । काेराेना भाइरस ( कोभिड-१९) संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्।   स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। 

कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले जनाएको छ।
अर्कातिर बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। संक्रमतिहरुमध्ये १२ हजारजना उपचारपछि घर फर्किसकेका छन्।

विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय २४ पुगेको छ।कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान ७ बजेसम्म ५ लाख ९५ हजार ८ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, एक लाख ३१ हजार ६ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७