कोरोना कहर : युभेन्टसका रोनाल्डोसहित प्रशिक्षक र खेलाडीले चार महिनाको तलब नलिने


१६ चैत्र २०७६, आईतवार
8KAghvLPkf1VGXAojqhT

काठमाडौं, १६ चैत । कोरोना भाइरसका कारण हाल स्थगित भएको सिरी ए क्लव युभेन्टस क्लवका प्रशिक्षक र खेलाडीले आफ्नो तलवमा कटौती गर्न सहमत भएका छन् ।

लिग बन्द भएपछि आर्थिक रुपमा ठूलो घाटा भएपछि क्लवले खेलाडी र प्रशिक्षकको चार महिनाको तलव कटौती गरेका हुन् । तलब कटौतीसँगै क्लवलाई ९० मिलियन युरो बचत हुने जनाइएको छ ।

अप्रिल तीन तारिखसम्मका लागि स्पेनमा सबै खेलकुद गतिविधि बन्द रहेको छ । कोरोनाको संक्रमण युभेन्टसका खेलाडीमा पनि देखिएको थियो । जसका कारण पुरै टिम क्वारेन्टाइनमा बसेको थियो । युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, वेल्सका आरोन राम्सेले मार्चदेखि जुनसम्मको तलव नलिने बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७