चीनबाट आइपुग्यो कोरोना उपचारका स्वास्थ्य सामग्री

कोरोनासँग लड्न अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर दिने


१६ चैत्र २०७६, आईतवार
health 1

काठमाडौं १६, चैत । कोरोना (कोभिड–१९) भाइरसको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री चीनबाट नेपाल आइपुगेको छ ।

चीनबाट नेपालले किनेर ल्याएका अत्यावश्यक स्वास्थ्य सामग्री बोकेको नेपाल वायु सेवा निगमको विमान आइतबार विहान काठमाडौं आइपुगेको हो । अत्यावश्यक १२.६६ टन स्वास्थ्य सामग्री बोकेको विमान आइतवार बिहान ५ बजे नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

EUOiv5NU8AIez6R

शनिबार दिउसो १२ बजे स्वास्थ्य सामग्री ल्याउन चीनका लागि नेपालबाट गएको वायु सेवाको एनएसी ए ३३०–२४३ विमान राति आइपुग्ने भनिए पनि लोड गर्न समय लागेका कारण आज (आइतबार) बिहान मात्रै आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले जानकारी दिएका छन् ।

महामारीसँग जुध्न स्वास्थ्य सामग्री र औषधि अभाव हटाउन सरकारले चैत १३ मा चीनमा नेपाली व्यापारीहरुले किनेर तयार पारेका स्वास्थ्य उपकरण र परीक्षण किट लिन नेपाल वायुसेवा निगमको विमान ग्वान्झाओ पठाउने निर्णय भएको थियो ।

चीन सरकार र ज्याक माले उपलब्ध गराएको स्वास्थ्य सामग्री बोकेको विमान नेपालस्थित चिनियाँ राजदूतावासको विशेष सक्रियतामा गोञ्जावबाट पठाइएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत जानकारी दिएकी छन् ।

EUOiG6lUMAcuTHn

उनले उक्त फ्लाइटमा ज्याक मा र अलिबाबाले पहिलो चरणमा सहयोग गरेका मास्कलगायत प्रकोप नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री रहेको बताएकी छिन् ।

कोरोनासँग लड्न अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर दिने
अमेरिकाले कोरोना भाइरससँग लड्न नेपाललाई करिब १८ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

भाइरससँग जुधिरहेको अमेरिकाले शनिबार ६४ देशलाई १७४ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको हो ।

भाइरसबाट अति जोखिममा रहेका राष्ट्रहरुलाई युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेश्नल डेभलप्मेन्ट (युएसएआइडी) बाट सहयोग रकम प्राप्त हुने जनाइएको छ । डिपार्टमेन्टले भाइरसको आउटब्रेकसँग जुध्न दक्षिण एसियाली राष्ट्रहरुलाई १ मिलियन अमेरिकी डलर सहयोग समेत गर्नेछ ।

जसअन्गर्गत नेपालले १८ लाख अमेरिकी डलर सहयोग पाउने भएको हो । सहयोग अन्तर्गत भारतले २९ लाख, बंगलादेशले ३४ लाख, श्रीलंकाले १३ लाख र अफगानिस्तानले ५० लाख अमेरिकी डलर पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७