यी हुन् रियल सेक्स सिन दिइएका चर्चित चलचित्र


३० पुष २०७४, आईतवार
sex 2

हामीले हेर्ने धेरै मुलधारका चलचित्रमा देखाइने सेक्स सिन झुठा हुन्छन् । तर, विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रिनकै लागि रियल सेक्स गरेका छन् । कलाकारहरुले रियल सेक्स गरेका चलचित्रहरु यौन कथा अथवा ब्लूफिल्म होइनन् ।sex 2

 

 

१) संगस :   संगस् सन् २००४ मा बेलायतमा निर्मित चलचित्र हो । आर्ट रोमान्टिक कथामा बनेको यो चलचित्रलाई माइकल विण्टरबटमले निर्देशन गरेका हुन् । यो चलचित्र तत्कालीन समयमा कलाकारद्वय क्लेरान ओब्रेन र मार्गो स्टीलीबीचको साँच्चैको यौन सम्बन्धका कारण विवादमा आएको थियो ।

२) लभ : गास्पर नोयले निर्देशन गरेको लभ फ्रेन्च ड्रामा फिल्म हो । दुई स्कुले जोडी मर्फि र इलेक्ट्रकाबीचको प्रेम सम्बन्ध देखाइएको छ ।

३) एनाटोमी अफ हेल : चलचित्रमा साँच्चैको यौन सिन देखाउने एनाटोमी अफ हल लभ पश्चात दोस्रो फ्रेन्च चलचित्र हो । यो चलचित्रलाई क्याथ्रिन ब्रेलेटले निर्देशन गरेका हुन् । यो चलचित्र एकल महिलाको विषयमा निर्मित चलचित्र हो, जसले एउटा गेलाई ४ दिनको यौन सम्बन्धका लागि पैसा तिर्छिन् ।

४) इन द रेलम अफ सेन्सेस : इन द रेलम अफ सेन्सेस जापनिज र फ्रेन्च आर्ट फिल्म हो । आफ्नै श्रीमानको लिङ्ग काटेर हिंडेकी एउटी जापनीज महिलाको कथामाथिको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेका थिए ।

५) पोला एक्स : धेरैजसो फ्रेन्च चलचित्रमा कलाकारहरुले साँच्चैको सेक्स गर्छन् भन्दा फरक नपर्ला । यो चलचित्र साहित्यकार हरम्यान माल्भेल्लेको उपन्यासमा आधारित चलचित्र हो । यो कथा दुई युवा युवतीको विषयमा आधारित छ । जसमा युवतीले साहित्यकारलाई आफू उनैकी बहिनी भएकी दावी गर्छिन् र पछि उनैसँग रोमान्टिक सम्बन्धमा रमाउँछिन् ।

६) सर्टबस : सर्टबस अमेरिकन कमेडी चलचित्र हो । यो चलचित्रको विषयवस्तु न्युयोर्कमा रहेका फरक–फरक यौनिक विविधता भएका मानिसहरुको बारेमा रहेको छ ।

७) लभ एक्चुअल्ली सक्स : लभ एक्चुअल्ली सक्स सन् २०११ मा निर्मित हङकङमा निर्मित चलचित्र हो । यो चलचित्रको विषयवस्तु प्रेम सम्बन्ध र अझै बढी यौनका बारेमा बोल्छ ।

८) स्कार्लेट दिभा : स्कार्लेट दिभा अटोवायोग्राफिकल चलचित्र हो । दिभा इटालीयन नायिका तथा निर्देशक आस्ला अर्जेन्टोको जीवनमा अधारित चलचित्र हो । एक समय ड्रग्स, सेक्स र अन्य कुलतमा फसेकी उनी यी सब कुलतबाट छुटकारा पाउन उनी चलचित्र निर्देशक बनेकी थिइन् ।

९) थ्रो द लुकिङ ग्लास : यो चलचित्र आजभन्दा करीब ४० वर्षभन्दा पहिले बनेको हो । वयस्क चलचित्रको मान्यता पाएको यो चलचित्रलाई जोनास मिडलटाउनले निर्देशन गरेका हुन् ।

१०) पिंक फ्लेमिंगोस : पिंक फ्लेमिंगोस् सन् १९७२ मा बनेको ब्ल्याक कमेडी चलचित्र हो । जोन वाटर्सले निर्देशन गरेको यो चलचित्र निर्माणको शुरुवाती चरणमा निकै विवादमा रह्यो । कारण यस चलचित्रमा देखाइएका दृष्यहरु ।

११) स्वीट मुभी : यो चलचित्रमा एक जना क्यानेडियन सुन्दरीको कथा बुनिएको छ । जो आधुनिक कमोडिटी बजारको प्रतिनिधित्व गर्छिन् ।

१२) गाण्डु : निकै विवादित बनेको यो भारतीय चलचित्र कलाकारहरुले साँचैको सेक्स गरेको चलचित्रहरुको सूचीमा परेको छ । एक जना संगीत प्रेमी युवा गाण्डुको कथामा बनाइएको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेको देखाइएको छ । यो भारतमा प्रतिबन्धित चलचित्र हो ।

स्रोतः एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७