रेस्क्यू अपडेटः लुक्लाबाट ३० जना पर्यटक र २८ ट्रेकिङ गाइडहरुको उद्दार


१६ चैत्र २०७६, आईतवार
9N ALO Today

काठमाडौं, १६ चैत । तारा एअरले आइतबार लुक्लाबाट ३० जना पर्यटक र २८ जना टे«किङ गाइडहरुको उद्दार गरेको छ। नेपाल पर्यटन बोर्डको अनुरोधमा टुरिष्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारी लगायतका नेपालीहरुलाई पनि उद्दार गरिएको हो।

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’पछि लुक्लामा अलपत्र परेका अमेरिकन र बेलायती नागरिकहरुलाई यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले उद्दार गरी आज काठमाडौं ल्याएको छ।

‘रिलिफ फ्लाइट’ सञ्चालन गरिएको आज चौथों दिन हो। शनिवार दिउँसो १५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्दार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेपनि खराव मौसमका कारण रद्द भएकोले सो उडान आइतबार विहान ७ बजेको लागि सारिएको थियो।

काठमाडौं स्थित बेलायत र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी तारा एअरले पर्यटकहरु उद्दारका लागि १८ सिट क्षमता भएको ९एन एएलओ ट्वीन ओटर विमान लुक्ला पठाएको थियो।

तारा र यती एयरलाइन्सका चार ‘रेस्कयु’ उडान

लुक्लामा अलपत्र १४ जना फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन ताराको जहाज उड्यो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७