आशा लाग्दा नेताहरुमाथि आक्रमण किन ?


१६ चैत्र २०७६, आईतवार
Surya Thapa 2

पहिले उनीहरू
कम्युनिष्टलाई खाेज्दै आए
म चुप रहें
किनभने म कम्युनिस्ट थिइनँ
त्यसपछि उनीहरू यहुदीलाई खाेज्दै आए
म चुप रहें
किनभने म यहुदी थिइनँ
त्यसपछि उनीहरूक्याथाेलिकलाई खाेज्दैआए
म चुप रहें
किनभने म प्राेटेस्टेन्ट थिएँ
त्यसपछि उनीहरू मलाई नै खाेज्दै आए
मेराे लागि बाेलिदिने काेही थएन ।

-मार्टिन निमाेलर

नेकपाका हरेक नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आज पटकपटक पढ्नुपर्ने याे कविता अंश निकै मार्मिक छ । सरकारका हरेक मन्त्रीहरूले त झनै मनन गर्नु अपरिहार्य छ । किनभने, हिजाे देशलाई बिकृति र बेथितिकाे दलदलमा पु-याउनेहरूकाे दुष्ट र अपराधिक हमला छानीछानी चलिरहेकाे छ । तिनले भ्रष्टाचारकाे कथा आफै लेख्छन्, आराेप आफैले लगाउछन्, भ्रष्टाचारी आफैले करार गर्छन् र रिस उठ्ना साथ त्यसताे पगरी लगाइदिन्छन् ।

मुठ्ठीभरकाे स्वर्गमा तनाव छ । र, याे दुश्चक्र जारी छ । अनि शिकार खेल्ने उपक्रम चलिरहेकाे छ – याेग्य, कामकाजी र निष्ठाकासाथ जिम्मेवारी बहन गरिरहेका आशा लाग्दा व्यक्तिहरूविरुद्ध !

आफ्नाे रजगज गुमेकाेमा असैह्य छटपटी छ, किनभने लामाे समयदेखिकाे हालीमुहाली अहिले चलेकाे छैन । मुठ्ठीभरकाे स्वर्गमा तनाव छ । र, याे दुश्चक्र जारी छ । अनि शिकार खेल्ने उपक्रम चलिरहेकाे छ – याेग्य, कामकाजी र निष्ठाकासाथ जिम्मेवारी बहन गरिरहेका आशा लाग्दा व्यक्तिहरूविरुद्ध !

रवीन्द्र अधिकारीलाई केही निर्णय नै नगरेकाे तथाकथित वाइडबडीकाे प्रपंचमा बदनाम गर्न लखेटियाे, उहाँलाई जीवनपर्यन्त एकथरि दुष्टहरू लखेट्न लागिपरे । गाेकुल बाँस्काेटा अर्काथरि दुष्टहरूले सत्यजस्तै लाग्ने झूठ(डीप फेक)काे प्रपञ्च रचे र निशाना बनाइनुभयाे ।

गुठी विधेयकमा पद्मा अर्याल र शेयर बजारकाे कृत्रिम संकटकाे लखेटाइमा परेर पनि डा. युवराज खतिवडा बल्लबल्ल जाेगिनुभएकाे छ । तर, निशाना निरन्तर साेझिरहेकै छ ! याेगेश भट्टराईलाई लखेट्न नपुगेर आफ्नै याेग्यता र पाैरखमा नर्सिङ काउन्सिलकाे रजिस्टार हुनुभएकी श्रीमती विन्दा घिमिरेविरूद्द जालसाजी गर्ने अपराधिक प्रयाश भयाे, तर त्यस नियाेजित कृत्यकाे कुनै पार चलेन ।

अहिले काेराेना महामारीविरूद्द अहाेरात्र खटिरहनुभएका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियतवश लखेटाइमा पारिनुभएकाे छ; हिजाे अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत माैज्दात राख्न बिर्सनेहरू वा स्वास्थ्य मन्त्रालयकाे खरिदमा नाजायज हालीमहाली र सेटिङ चलाएर बसेकाहरूकाे शहरमा काेलाहल छ ।

तिनीहरू एक दिन चिकित्सक र नर्सहरूले पीपीई नपाएर कसरी महामारीकाे उपचार गर्छन् भनेर उचाल्छन् । जाे हाे कि जस्ताे सुनिन्छ ! अर्काे दिन मन्त्रीले सेल्फ क्वारेन्टाइनमा बस्ने भन्न मिल्छ ? सरकारले सारा व्यवस्था गर्नुपर्दैन ? भन्दै उफ्रन्छन् !

तेस्राे दिन अस्पतालमा प्रधानमन्त्रीकाे स्वास्थ्य बुझेर फर्किदा तेर्साइएकाे क्यामेरासँग नबाेलेर पाहुना आएका हुनाले हतारमा छु भनेकाे एउटा अंश टिपेर हुर्मत लिन्छन् ! जबकि जहाँ पायाे त्यहाँ बाेल्नैपर्ने कुनै करकाप र बाध्यता हुँदैन । नाे बाइट भन्न मज्जाले पाइन्छ ।

चाैथाे दिन स्वास्थ्य सामग्री नल्याउने ? भनी तिनैले आगाे बाल्छन् । पाँचाै दिन जहाज समग्री लिन प्रस्थान गरेपछि सत्यजस्तै गरी झूठ पस्कन्छन् – २० कराेड भ्रष्ट्राचार भनेर ! कठै तिम्राे मनाेदशा ? कति दयनीय हर्कत ? सबै तिमीहरूजस्तै त हाेइनन् र पक्कै त्यस्ता छैनन् नै ।

काँक्राे चाेरेर आफूले खाने, अनि बियाँ अरूकाे गालामा टाँसिदिएर दाेष लगाइदिने र बदनाम गर्ने ? ‘फाटेकाे जालाेले छेकेकाे, छेके पनि छर्लङ्ग देखेकाे’ जस्तै छ याे दुष्टता र पाखण्डीपन ।

काँक्राे चाेरेर आफूले खाने, अनि बियाँ अरूकाे गालामा टाँसिदिएर दाेष लगाइदिने र बदनाम गर्ने ? ‘फाटेकाे जालाेले छेकेकाे, छेके पनि छर्लङ्ग देखेकाे’ जस्तै छ याे दुष्टता र पाखण्डीपन ।

यति ठूलाे राष्ट्रिय संकटमा पनि रचनात्मकसम्म नभएर यत्राे जालझेल ? यस्ताे नीचता, दुष्टता र डीप फेकका विरूद्द एकजुट भई नलडे याे षडयन्त्र र घेरा हालेर अप्ठेराेमा पारी मार हान्ने रवैया निरन्तर जारी रहनेछ । अहिले आफूबाहेक अरू, सरकार संचालनमा रहेका व्यक्तिहरू र मन्त्रीहरूलाई त हाे भनेर खुच्चिङ कसैले नगरे हुन्छ।

यता कसले कस्ता टिप्पणी र स्टाटसहरू पाेष्ट गरिरहेकाे छ ? जनताले निगरानी सबैकाे गरेका छन् ।
खासमा याे व्यक्तिविशेषभन्दा नेकपामाथिकाे “गजेटेड” दलाल र भ्रष्टहरूकाे हमला हाे । त्यसैले कसैले पनि पानीमाथिकाे ओभानो बन्न, आफ्नाे कुण्ठा र असन्ताेषमा रमाउन, अनाहक आक्रमण गरिरहँदा हाइसञ्चाे मानेर रमिते बस्न र शत्रुवत् व्यवहार गर्नसमेत पछि नपर्ने वा माैन बस्ने तरिका अपनउने तरिका बदल्नै पर्छ ।

सत्यसँग त कसैकाे कुनै लडाई आवश्यक छैन, झूठ र बकवासहरूकाे सामना नगरी सत्य स्थापित हुँदैन । यस्ताे सद्बुद्दि हरेकमा बेलैमा आउन जरूरी छ । अन्यथा पछुताउनुबाहेक केही बाँकी नरहेपछि हाेस पाउने दिन आउने निश्चित हुनेछ । त्यतिबेला बाेलिदिने काेही रहनेछैन ।

(फेसबुकबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७