कोरोना रोकथाममा खटिरहेका वडाध्यक्षलाई दुबै खुट्टा भाँचेर फालियो पाखोमा


१६ चैत्र २०७६, आईतवार
wads

जाजरकोट, १६ चैत । छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ ।

नगर प्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँ गाउँमा प्रचार गर्दै हिंडेको समयमा हिजो (शनिबार) बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उहाँलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो ।

गए राति नै सिंहलाई दुई खुट्टा भाँचेर पाखो जमीनमा छाडेर हिंडेको अवस्थामा भेटिएको छ । अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जाजरकोट सहइन्चार्ज नीरज आचार्यले कडा शब्दमा कारवाहीको माग गरेका छन् । दोषीमाथि कारवाही र घाइतेको उपचार तत्काल गर्न माग गरिएको छ ।

वडाध्यक्ष सिंहमाथि गए राति भएको आक्रमणप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा सांसद सत्य पहाडीले भत्र्सना गरेकी छन् । उनले कोरोनाविरुद्धको अभियान रहेका अध्यक्ष सिंहमाथि आक्रमण गर्ने अपराधी हुन् भन्दै दोषीमाथि तुरुन्तै कारवाही र घाइतेको तत्काल उपचार गर्न समेत माग गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७