लकडाउनमा पनि सिटिजन्स बैंकका सेवाहरु सातै प्रदेशमा


१६ चैत्र २०७६, आईतवार
citizen bank3 1U2F3VdGfy

काठमाडौं, १६ चैंत । सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिएको छ ।

राष्ट्र बैंकले अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु सुचारु गर्न यस अघिनै निर्देशन दिएबमोजिम बैंकले पनि यी सम्पूर्ण सेवा दिइरहेको जनाएको हो ।


बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको जनाएको छ । कुन शाखा कति बजेबाट खुल्ने भन्नेबारे पनि आफ्नो वेवसाइटमा हरेक दिन जानकारी राख्ने गरेको छ । बैंकले संचालनमा ल्याएका सबै एटीएममा हरेक दिन जसो पैसा जम्म गर्ने गरेकाले ग्राहकहरुलाई रकमको अभाव नहुने बताएको छ ।


त्यसैगरी, ग्राहकहरुलाई कुनै पनि समस्या परेमा वा कुनै सेवा लिन परेमा बैंकका शाखा प्रमुखलाई सिधै फोन गरी सेवा लिन सक्ने व्यवस्था पनि मिलाएको छ । जसका लागि बैंकले आफ्नो वेवसाइटमा सबै शाखा प्रमुखहरुको नाम र फोन नम्बर उपलब्ध गराएको छ ।

त्यसैगरी, बैंकले कोरोनाभाइरसको महामारीबाट बच्न आफ्ना ग्राहकहरुलाई संभव भएसम्म विद्युतिय माध्यमबाट कारोबार गर्न सुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७