चार हजार शैयाको कोरोना अस्पताल निर्माणमा गोर्खा सैनिकहरु


१६ चैत्र २०७६, आईतवार
Gurkha corona

बेलायत, १६ चैत :  ब्रिटिश आर्मीको रोयल गोर्खा राइफल्स्मा कार्यरत गोर्खाहरु लन्डनमा ४ हजार शैयाको अस्पताल निर्माणमा जुटेका छन् । ब्रिटेनको पहिलो एनएचएस नाइटिंगेल हस्पिटल निर्माणमा अन्य कामदारसंगै गोर्खाहरु खटिएका हुन् ।

नेपालमा महाभूकम्प गएको बेला पनि रोयल गोर्खा राइफल्सका गोर्खा सैनिकहरु नेपाल आएर स्कुल तथा सामुदायिक भवन निर्माणमा खटिएको थियो

कोरोना भाइरस (कोभिड १९) संक्रमण तीव्र फैलिएपछि सरकारले पूर्वी लन्डनको एउटा विशाल प्रदर्शनी कक्ष एक्सेल सेन्टरलाई अस्पतालमा परिणत गर्न लागेको हो । ८७ हजार ३ सय २८ स्क्वायर मिटर स्पेश भएको एक्सेल सेन्टरमा जि २० सम्मेलन, विभिन्न प्रदर्शनी र लन्डन २०१२ ओलम्पिक्स भएका थिए ।

Gurkha in UK

सन् १९४८ देखि बेलायती सेनामा गोरखा इञ्जिनियरहरुले छुट्टै सेवा दिदै आएका छन् । गोर्खा सैनिकहरुले अस्पताल निर्माणका लागि कडा मेहनत गरिरहेको बेलायतका सञ्चार माध्यमहरुले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७