नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो दुईवटा अनलाइन सेवा, अनलाइनबाटै भुक्तानी दिने


प्रकाशित मिति : March 29, 2020

काठमाडौं, १६ चैत । नेपाल लाइफ इन्स्योरेन्सले ‘म्याच्युरिटी क्लेम’ र ‘क्लेम इन्टिमेसन’ नामक दुईवटा अनलाइन सेवा संचालनमा ल्याएको छ । कम्पनीले लकडाउनको अवधिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

जसमध्ये ‘म्याच्युरिटी क्लेम’ सेवा मार्फत आफ्ना बीमितहरुले बीमालेख म्याच्युरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा म्याच्युरिटीको समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको म्याच्युरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याच्युरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।


त्यसैगरी ‘क्लेम इन्टिमेसन’ सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाडि बढाउनेछन् ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा ‘भरच्युअल अफिस’को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।

यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ ९दिगविजय सिंघल० वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखारउपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कसरी लिने म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन सेवा ?

सेवाग्राहीहरुले म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन सेवा लिनको लागि यसमा क्लिक गर्न सक्नेछन् । साथै, उक्त सेवा लिने ट्युटोरियलको लागि यसमा क्लिक गर्न सकिने छ ।नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

साथै, यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्