चीनबाट ल्याइएका मेडिकल सामग्री सात वटै प्रदेशमा, थोरै भए पनि नागरिक ढुक्क


१७ चैत्र २०७६, सोमबार
5e8137b5bebd6 Untitled 1 tjv03RG3J3

काठमाडौं, १७ चैत । चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको छ ।

नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सात वटै प्रदेशमा वितरण गरिने भएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको जानकारी दिएका छन् ।

उनले छिट्टै अन्यत्र पनि विस्तार गरिने जानकारी दिँदै सीमा होलान्, विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारीविरुद्ध सरकार सम्पूर्ण रूपमा शक्तिका साथ लागेको बताए । भने, ‘विनम्र अनुरोध छ, अहोरात्र खटिइरहेकालाई साथ दिनुहोस्, हौसला दिनुहोस् ।’

चीनबाट कोरोना उपचारका सामान आएको खबरले देशभरका नेपाली नागरिकमा अब कथंकदाचित संक्रमित भई गए पनि उपचार पाइन्छ भन्ने आशा पलाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७