टर्कीका पूर्व फुटबलर रुस्तुलाई कोरोना संक्रमण, गम्भिर अवस्थामा अस्पताल भर्ना


१७ चैत्र २०७६, सोमबार
rutara

काठमाडौं, १७ चैत । टर्कीका फुटबल हस्ती रुस्तु रिकबर कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । टर्कीका लागि सर्वाधिक खेल खेल्ने गोलकिपर रुस्तुलाई हिजो अस्पताल भर्ना गरिएको हो ।

४६ वर्षे रुस्तुको स्वास्थ्य गम्भीर भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । कोरोनाको संक्रमण अचानक देखिएको र त्यसको लक्षणहरु द्रुत गतिमा फैलिरहेको रुस्तुका श्रीमती इसील रिकबरले बताएकी छिन् ।

बार्सिलोनाका पूर्व गोलकिपर रुस्तुले टर्कीका लागि १ सय २० खेल खेलेका छन् । सन् २००२ को विश्वकपमा टर्की सेमिफाइनलसम्म पुग्दा उनी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका थिए । उनका दुई बच्चा र श्रीमतीलाई भने कोरोना भाईरस नेगेटिभ देखिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७