बलिउड गायिका कनिकाको कोरोना परीक्षण चौथोपल्ट पनि ‘पोजेभिट’, परिवार चिन्तित


१७ चैत्र २०७६, सोमबार
kanika kapoor coronavirus main

काठमाडौं, १७ चैत । बलिउडकी चर्चित गायिका कनिका कपुरको कोरोना भाइरसको परीक्षण चौथोपल्ट पनि ‘पोजिटिभ’ आएको छ । पटक–पटकको कोरोना परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारमा चिन्ता बढेको छ ।

उनको परिवारको एक सदस्यले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हामी परीक्षणको रिपोर्टका कारण चिन्तित छौं । यस्तो लागिरहेको छ कि कनिकाको शरीरले उपचारको विधि स्विकारी रहेको छैन ।

अर्कोतर्फ हामी उनको थप उपचारका लागि कतै लैजान पनि सक्दैनौं । हामी उनको स्वास्थ्यका लागि प्रार्थना मात्रै गर्न सक्छौं ।’ यद्यपि, यसबारे डाक्टरले प्रतिक्रिया दिँदै ४१ वर्षीया गायिकाको अवस्था अहिले स्थिर भएको बताएकी छन् ।
कनिका ९ दिनदेखि अस्पतालमा

कनिका पछिल्लो ९ दिनदेखि संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा भर्ना छिन् । २० मार्चमा उनलाई कोरोनाभाइरस संक्रमणको पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।

अहिलेसम्म उनको चार पटक परीक्षण भइसकेको छ । कनिका ९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् । त्यसपछि उनले लखनउ र कानपुरको यात्रा गरेकी थिइन् । दुई दिन लखनउको होटल ताजमा बसिन् र केही पार्टीमा समावेश भइन् ।

यसैबीच जब उनलाई रुघा–खोकी ज्वरो आयो, उनी अस्पताल पुगिन् । त्यसपछि उनी संक्रमित भएको जानकारी प्राप्त भयो । लण्डनबाट फर्किएपछि आफूलाई आइसोलेट गर्नुको साटो उनले पार्टी गरेको र मानिसहरुलाई भेटेको भन्दै सोसल मिडिया प्रयोगकर्ताले उनको निकै आलोचना समेत गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७