प्रभु यशुले कोरोना भाइरस ठीक गर्छन् भन्दै पोस्टर-पम्पलेट बाँड्दै हिंड्ने महिला पास्टर पक्राउ 


१७ चैत्र २०७६, सोमबार
chitwan police

चितवन, १७ चैत । चितवनमा कोरोना भाइरसबारे त्रास फैलाउने एक महिला पक्राउ परेकी छन् ।

चितवनको माडी नगरपालिका–७ जगन्नाथपुरीकी ३८ वर्षीया जानकी ढुङ्गानालाई कोरोना भाइरसबाट भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख नाम्तिराज गुरुङले जानकारी दिएका छन् ।

‘उनी एउटा चर्चकी पास्टर रहेको पाइएको जानकारी दिंदै एसपी गुरुङले ‘उनले चाहिँ प्रभु यशुले कोरोना भाइरसलाई ठीक गर्छन् भन्दै गाउँमा पोस्टर, पम्पलेट वितरण गर्दै हिंडेकी रहिछन्, त्यसैले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’

एसपी गुरुङका अनुसार ती महिलाविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत जिल्ला अदालतमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि जनाइएको छ । ‘आइतबार उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो,’ उनले भने, ‘अहिले उनी जिल्ला प्रहरी कार्यालयका हिरासतमा छिन् ।’

उनलाई माडीस्थित इलाका प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको हो । माडी प्रहरीले पक्राउ गरेर उनलाई शनिबारै जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हा बताउँदै एसपी गुरुङले भने, ‘तर शनिबार मुद्दा गर्न नमिल्ने भएकाले हिजो (आइतबार) मुद्दा दर्ता गराएको हौं ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७