कोरोना राहत कोषमा कलाकार संघको सहयोग


१७ चैत्र २०७६, सोमबार
Kalakar Sang

काठमाडौं,१७ चैत । चलचित्र कलाकार संघ नेपालले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख एक हजार रुपैया सहयोग गर्ने भएको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति मार्फत उक्त सहयोग रकमको जानकारी दिएका हुन् ।


‘कोरोनाको त्रासले सम्पूर्ण मानव जातीमा आतंक फैलिएको छ । यसबाट आफु बाच्न र अरुलाई पनि बचाउन निर्धारित सुरक्षाका उपाया अवलम्बन गर्नुको विकल्प छैन’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘सुरक्षाका लागि क्वारेन्टाइनमा बस्ने, सेनेटाईजर प्रयोग गर्ने, साबुन पानीले हात धुने लगाएको सुरक्षा अपनाउनुपर्छ ।’


संघले कोरोना शंका लागेको ब्यक्तिको बारेमा तोकिएको निकाएमा सुचना दिन समेत आग्रह गरिएको बिज्ञप्तीमा कोरोनाबाट सर्वसाधारणलाई सुक्षित राख्न दिनरात नभनी क्रियासिल डाक्टर, नर्स, सुरक्षाकर्मी प्रति समेत आभार व्यक्त गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७