सुडान मिसनमा रहेका नेपाली सेनाका प्रमुख सेनानी विष्टको निधन


प्रकाशित मिति : 30 March, 2020 2:17 pm

दिवंगत नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टलाई सुडानमा अन्तिम श्रद्धाञ्जली अर्पाण गरिदैं । तस्विर स्रोत : मिसन मुख्यालय

काठमाडौं, १७ चैत । संयुक्त राष्ट्रसंघको सुडान मिसनमा खटिरहेका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्छ कर्णेल) रिदेश विष्टको निधन भएको छ ।

ललितपुरको सानेपा घर भएका विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा हृदयाघातबाट निधन भएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ । विष्ट नौं महिनादेखि सुडान मिसन मुख्यालयमा ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए ।

अहिले उनको शव सुडानकै एक अस्पतालमा राखिएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले शव हस्तान्तरण गर्न समय बताएका कारण शव नेपाल ल्याउन केहि समय पर्खनु पर्ने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् ।

मिसन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिंदै विष्टलाई अन्तिम श्रदाञ्जली अर्पण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्