इटालीमा ज्यान गुमाउने डाक्टरको सङ्ख्या ६१


१७ चैत्र २०७६, सोमबार
spain corona virus cpwZwiWH0W scaled
TOPSHOT – A health worker carries a body on a stretcher outside Gregorio Maranon hospital in Madrid on March 25, 2020. – Spain joined Italy today in seeing its death toll from the coronavirus epidemic surpass that of China, as more than a billion Indians joined a lockdown that has confined a third of humanity. (Photo by OSCAR DEL POZO / AFP) (Photo by OSCAR DEL POZO/AFP via Getty Images)

काठमाडौं,चैत १७ । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट ६१ जना डाक्टरहरुको मृत्यु भएको इटालीको डाक्टरहरुको संगठनले जनाएको छ ।

इटालीको नेशनल इन्सिटिच्युटका अनुसार ८ हजार ३५८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । मृत्यु भएका ६१ डाक्टरमध्ये ४० जना लोम्बार्डी क्षेत्रका रहेका छन् । यो क्षेत्रमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।

इटालीमा ९७ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । विश्वमा अमेरिकापछि इटालीमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । इटालीले चाँडै नै १ लाखको कोशेढुंगा पनि पार गर्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७