२०७६ चैत १८ गते मंगलबारको तपाईको राशिफल


१८ चैत्र २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जोश जाँगर र उमङ्ग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ कामको योजना बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सन्तान पक्षको मायामा कमी आउने छ । सहकर्मीबाट विरोध आउँला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउने छ । कार्यमा अवरोध आउँला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समाज सेवामा मन लाग्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाईने छ । रोकिएको काम पुनः गर्दा फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । मनमा भय उत्पन्न हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक काम अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ । आफन्तसँग भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी काम धन्दाका लागि खट्नु पर्नेछ । चोट पटकको भय छ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । तर वैदेशिक क्षेत्र कमजोर रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ नै रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रोकिएको धन हात पर्ला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । परिवारसंग समय बित्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७