प्रिन्सिपलबाटै कर्मचारीमाथि बलात्कार !


३० पुष २०७४, आईतवार
principal

मोरङ : मोरङको उर्लाबारी–८ स्थित न्यू भिजन एकाडेमीका प्रिन्सिपल अजित भट्टराईले बिद्यालयमै कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गरेका छन् । बलात्कार प्रयासको उक्त घटना बिद्यालयमै मिलापत्र गरिएको छ । शुक्रबार विहान बिद्यालयमा काम छ भनि बोलाएर प्रिन्सिपल भट्टराईले ती किशोरीको संवेदनशिल अङ्गमा पटक–पटक छोएका थिए । उनले कोही नभएको मौका छोपेर बलात्कारको प्रयास गरेको किशोरीले बताएकी छन् ।principal

आफूले तत्काल प्रतिवाद गरेपछि प्रिन्सिपल पछि हटेको उनले बताएकी छन् । त्यसपछि उनी बिद्यालयको काम छोडेर घर फर्किइन् । पीडित किशोरीले आफन्तलाई सो घटनाका बारेमा जानकारी गराएपछि घटनाले नयाँ मोड लिएको थियो । तर, ती किशोरीलाई घटना सार्वजनिक भए समाजमा नराम्रो हुने भन्दै केही सामाजिक अगुवा भनाउँदाहरुले दबाब दिएपछि मिलापत्र भएको जनाइएको छ ।

प्रिन्सिपल भट्टराईले ती किशोरीको खुट्टा ढोगेर माफ माग्नुका साथै उर्लाबारी क्षेत्रमा शिक्षण पेशा नगर्ने भन्दै घटना मिलाइएको समाचार स्रोतले जानकारी दिएको छ । बिद्यालय परिसरमै भेला भई विभिन्न वहाना बनाउँदै ती किशोरीलाई प्रहरी कार्यालयमा उजुरी नदिन दबाब समेत दिइएको थियो । यता स्थानीयबासीले भने घटनाका आरोपितलाई कानून बमोजिन कार्वाहीको माग गरेका छन् । बिद्यालयका प्रिन्सिपल जस्तो जिम्मेवार ब्यक्तिबाट महिला कर्मचारीहरु असुरक्षित हुनु दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७