सूर्यविनायकमा लडकडाउनका बेला ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार


१८ चैत्र २०७६, मंगलवार
murder ua4pjiyS9q

भक्तपुर, १८ चैत । भक्तपुरको सूर्यविनायक चोकमा लकडाउनका समयमा ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।

मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सूर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका हुन् ।

चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।

क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कुसहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७