अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण


१८ चैत्र २०७६, मंगलवार
pachi anchila hospital pokhara

चिप्लेढुङ्गा, १८ चैत । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ ।

सोमबारसम्म मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरण गरेसँगै यो अन्योल हटेको हो ।

हेल्किोप्टर अवतरण गरेसँगै मेशिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद पनि अब टुङ्गिएको छ ।

प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेशिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

सामान कहाँ राख्ने भन्ने पूर्वतयारी नहुँदा र प्रतिष्ठानका जिम्मेवार व्यक्तिबीच समन्वय हुन नसक्दा यस्तो समस्या देखिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

उनले भने, ‘हिजो हेलिकप्टर व्यवस्थापन गर्न नसकेर मेशिन आएको थिएन, आज बिहानै मेशिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ, कहाँ राख्ने भन्ने विषयमा पनि धेरै विवाद देखियो, अन्ततः छलफलपछि यो टुंगिएको छ ।’ श्रेष्ठले अब गण्डकी प्रदेशका बिरामीको परीक्षण सहज हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७