पतिबाट ‘प्रताडित’ बन्दै कलाकार निरु खड्का


३० पुष २०७४, आईतवार
niru

काठमाण्डौं : ‘मेरी बास्सै’ टेलिचलचित्रबाट चर्चामा आएकी चर्चित कलाकार निरु खड्का पछिल्लो समय पतिबाट प्रताडित बन्दै आएको समाचार सार्वजनिक भएको छ । पछिल्लो समय उनी श्रीमानबाट कुटिएको समाचार बाहिर आएको छ । कलाकारिता क्षेत्रमा लागेकै कारण पतिसँग बेला–बेला झगडा पर्ने गरेको बताउने निरुले पछिल्लो समय फेरि पनि पतिको कुटाइ खाएको बताएकी छन् ।niru

झगडाकै कारण निरु र उनका पति नरोत्तम गौतमबीच पटक–पटक सम्बन्ध विच्छेदसम्मका कुरा पनि भएको बताइएको छ । प्रेम बिबाह गरेकी निरु र उनका पति गौतमबीच धेरै पटक असमझदारी हुँदा कुटपिटको घटना भइरहने बताइएको छ । त्यति मात्रै होइन झगडा पर्दा निरुले काठमाण्डौंमा रहेको दराज समेत फुटाउने गरेको स्वीकार गरेकी छिन् ।

झगडाको कारण पतिले छिमेकी र आमाको कुरा सुनेर भएको बताइन्छ । चलचित्रको माध्यमबाट महिला हिंसाको विरुद्ध आवाज उठाउने र सामाजिक विकृतिका विरुद्ध सचेतना बाँड्ने कलाकार आफै घरमा हिंसाको शिकार बनिरहेको अवस्थाले नेपाली समाजमा महिलाको अवस्था अझै पनि दयनीय रहेको स्पष्ट पार्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७