यसरी जित्नेछौं कोरोना भाइरसविरुद्धको कठीन लडाई

दुई पटक मार्ने कोरोनाभाइरस अर्थात् ‘कोभिड–१९’


१८ चैत्र २०७६, मंगलवार
rajendra aryal 2

भनिन्छ नि ‘ज्यान जोगिए लाख उपाय’ । हो यतिबेला विश्वका मानव समुदाय कोेरोना भाइरस संक्रमणबाट जोगिन अनेक उपाय गरिरहेका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । यो बेला विश्वका अधिकांस मुलुक घोषित वा अघोषित रुपमा लकडाउनको अवस्थामा छन् । करीब–करीब विश्व बन्द अवस्थामा छ । सिंगो मानव समाज नै त्रासदीको बिचमा गुज्रिरहेको छ ।

करोडौं मानिसहरु अहिले आइसोलेसन र क्वारेन्टाइमा बस्न वाध्य छन् । विश्व मानव समुदायका लागि यो अत्यन्तै खराब समय बनेर आएको छ । कोरोना भाइरसको संक्रमणले हामी सबैलाई त्राहिमाम बनाएको छ । यसले कतिबेला कसलाई समाउने हो भनेर विश्व मानव समुदाय नै आतंकित छ । नडराईकन लुकेर एकान्तबास बस्नु नै संसारभरका मानव लागि एक मात्र सुरक्षित उपाय हो । त्यसैले विश्व मानव समुदाय अहिले एकान्तबास बसेर कोरोना भाइरससँग जुझिरहेको छ । यो आलेख तयार पर्दासम्म ७ लाख ८९ हजार ८ सय ६ जनालाई संक्रमण भएको छ । ३८ हजार १ सय १ जनाले ज्यान गुमाइसकेका छन् । खासगरी अमेरिका र युरोपमा आगोको फिलङ्गो जस्तै फैलिरहेको छ ।

यसबेला नेपालमा पनि कोरोनासको सन्त्रास फैलिएको छ भने बाँकी चार जना उपचारमा छन् । यसबाट थप त्रास फैलिएको छ । यसबाट बच्न विश्व मानव समुदायले अवलम्वन गरेको एकान्तबासको जीवनशैली हामीले पनि अनुशरण गरेका छौं । यही जीवनशैली अपनाउनु नै अहिलेको उत्तम उपाय हो । नेपाल सरकारले नागरिकको सुरक्षाका लागि उपयुक्त रणनीति अवलम्वन गर्दै लकडाउन गरेको छ । र, अति आवश्यक कार्य बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ । यसको हामीले पालना गर्नु पर्दछ । 

मलाई त केही भएको छैन भनेर वा केही हुँदैन भनेर वा के होला र ! भनेर हेलचेक्र्याईं गर्दै हिंड्ने पनि होइन यो बेला । त्यसैले यो विश्वब्यापी संकटपूर्ण घडीको चूनौती लागि एक्ला –एक्लै बसेर जित्नुको विकल्प छैन ।

यो हामी नागरिकको सुरक्षाका लागि हो । हामी नडराईकन आत्ांकित नभईकन लुकेर घरभित्र बस्ने जीवनशैली विकास गर्नु पर्दछ । डराउने होइन, आतंकित बन्ने र बनाउने होइन, लापर्वाही गर्ने पनि हाईन । मलाई त केही भएको छैन भनेर वा केही हुँदैन भनेर वा के होला र ! भनेर हेलचेक्र्याईं गर्दै हिंड्ने पनि होइन यो बेला । त्यसैले यो विश्वब्यापी संकटपूर्ण घडीको चूनौती लागि एक्ला –एक्लै बसेर जित्नुको विकल्प छैन ।

कोरोना भाइरसविरुद्धको लडाईमा हामी एक्लै छैनौ । विश्व मानव समुदाय नै कोरोना भाइरस अर्थात कोभिड–१९ सँग लडिरहेको छ । यस्तै धेरै चूनौतीहरुसँग जुध्दै र विजय हासिल गर्दै मानव जाति यहाँसम्म आईपपुगेको हो । हामी यसमा विश्वस्त हुनुको विकल्प पनि छैन । कि यसपटक पनि हिम्मत नहारौं, कोरोना भाइरसमाथि विज्ञान र मानव समुदायले विजय हासिल गर्नेछ । यसका लागि केहि समय लाग्न सक्छ । तर हामी संयमित हुनुका साथै सावधानी र सचेतता अपनाउनु पर्दछ । हामीलाई थाहा छ, हामी साधन श्रोत सम्पन्न छैनौ, न त सरकार नै ।

महाशक्तिशाली राष्ट्रहरु त संकटमा परेको यो बेला हामीसँग त्यस्तो सामथ्र्य छैन र हामीसँग अरु विकल्प पनि त छैन । सीमित साधन श्रोतका वावजुद सरकारले क्षमताअनुसार नागरिकलाई यो संक्रमणबाट जोगाउन हरतरहले काम गरिरहेको छ । यो महामारीबाट जोगाउन विभिन्न रणनीतिहरु बनाइएको छ । संकटको यस घडीमा सरकारका निर्देशनको पूर्ण पालना गर्नु र चिकित्सकहरुको सल्लाहअनुसार काम गर्नु जरुरी छ । देशलाई संकट परेका बेला मुलुक र जनताको सेवामा समर्पित हुनु प्रत्येक नागरिकको दायित्व हो ।

अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेहरुको संख्या दिनानु दिन बढिरहेको छ । पछिल्लो समय इटालीमा कोरोना भाइरसको अवस्था भयावह बनेको छ । चीनमा जनजीवनलाई अविचलित राखी, आवश्यक सामाग्रीको आपूर्ति गरी जनतामा विश्वास जागृत गराई आफ्नो रणनीतिक कौशलता र क्षमता प्रदर्शित गर्दै त्यहाँको सरकारले महामारीलाई नियन्त्रणमा लिन सफल भयो भने जनताले पनि सरकारका निर्णय पूर्ण पालना गर्दै सरकारलाई साथ दिए । दक्षिण कोरियामा पनि यस्तै भयो । तर इटालीमा त्यस्तो हुन सकेन । जनता अनुशासित नहँुदा, लापार्वाही गर्दा र सरकारको निर्देशन नमान्दा र परिस्थितिको मूल्याङ्कनमा चुक्दा इटालीले अहिले ठूलो क्षति ब्यहोर्नु परिरहेको छ ।


हो, दिवंगत आफन्तजन र प्रियजनलाई अन्तिम विदाइ गर्ने अन्तिम मौका पनि खोसिरहेको कोरोना भाइरसबाट हामी पक्कै जोगिनु पर्छ ।


इटालीको मिलानस्थित अन्तिम संस्कार गर्ने स्थलमा (पशुपति आर्यघाट जस्तै) काम गर्ने एण्ड्रिया सेरेहो भन्छन्, ‘यो महामारीले तपाईलाई दुई पटक मार्छ । पहिलो पटक–रोग लागेपछि । यसले तपाई मर्नुअघि प्रियजनबाट एक्लो बनाउँछ । र, अन्तिम समयसम्म प्रियजनलाई तपाई नजिक आउन दिंदैन । परिवारहरु ठूलो विपत्ति र पीडाबाट गुज्रिरहेका हुन्छन्, उनीहरुलाई स्वीकार गर्न पनि गाह्रो हुन्छ । एक्लै आइसोलेसन कक्षामा परिवारका कुनै सदस्य वा साथीभाइको अनुपस्थितिमा अन्तिम स्वास लिने गरेका छन् । धेरैजसो परिवारले हामीसँग के हामीले अन्तिम पटक शव हेर्न पाउँछौ भनेर सोध्नु हुन्छ । तर त्यसो गर्न निषेध गरिएको छ ।

हो, दिवंगत आफन्तजन र प्रियजनलाई अन्तिम विदाइ गर्ने अन्तिम मौका पनि खोसिरहेको कोरोना भाइरसबाट हामी पक्कै जोगिनु पर्छ । नभए इटालीको जस्तो विपत्ति आइपर्छ । त्यसैले चिकित्सकले दिने सल्लाह मानौं सरकारको निर्देशनको पूर्ण पालना गरौं । भीडभाड र मानव सम्पर्कबाट टाढा रहौँ । सावधानी अपनाऔं । घरभित्रै बसौं । नागरिक सतर्कता अपनाऔ, आतंकित नबनौ ।

यो संकटका बेला सरकारसँग हातेमालो गरेर यो महामारीसँग लड्नु हरेक असल नागरिकको कर्तब्य हुन आउँछ । त्यसैले आउनुहोस् तपाई हामी सबैले असल नागरिकको कर्तब्य पूरा गरौं र कोरोना भाइरसबाट दुई पटक मर्नबाट बचौं र बचाऔं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७