कोरोनाबाट कंगोका पूर्व राष्ट्रपति ज्याक्स जोआकिमको मृत्यु


१८ चैत्र २०७६, मंगलवार
kango

काठमाडौं, १८ चैत । कोरोना भाइरसका कारण अफ्रिकी मुलुक कंगोका पूर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण ८१ वर्षका ज्याक्स जोआकिमको फ्रान्सको पेरिसमा सोमबार मृत्यु भएको एएफपीले जनाएको छ ।

पेरिसमा उनको उपचार भइरहेको थियो । सन् १९३९ मा ज्याक्स जोआकिमको जन्म भएको थियो। एक सैन्य अधिकृतदेखि उनी सेनाको जनरल बनेका थिए । उनले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता सम्हालेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७