२०७६ चैत १९ गते बुधबारको तपाईको राशिफल


१९ चैत्र २०७६, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवनपनि सुखमय हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिए काम पुनः गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा पनि रुची बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाईने छ । रमणीय र सुखद् यात्राको योग छ । बहुमूल्य वस्तु हात पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । सामाजिक कार्यमा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा शंका उत्पन्न हुनेछ । सामान हराउन सक्ने छ । मनमा दुविधा उत्पन्न होला । आर्थिक कारोवारमा मन्दी आउने छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । धार्मिक यात्राको योग छ । राज्यबाट मान सम्मान पाइने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । साँझमा केही लाभमूलक काम पनि हुनेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउँला । साँझमा पैसा खर्च हुने पनि योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७