एक लाख ७७ हजार बढी कोरोनाका बिरामी निको, मृत्तक ४२ हजार १०७ पुगे

राष्ट्रसंघले भन्यो, ‘कोरोना संकट दोस्रो विश्वयुद्ध पछिकै ठूलो चुनौति’


१९ चैत्र २०७६, बुधबार
korona china

काठमाडौं, १९ चैत । विश्वव्यापी महारामारीको रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार १०७ पुगेको छ ।

८ लाख ५६ हजार ९१० जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार एक लाख ७७ हजार १४१ जना उपचारपछि निको भएका छन् । कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा थप ८३७ जनाको मृत्यु भएको छ ।

967669 01 02

इटालीमा मृतकको संख्या १२ हजार ४२८ पुगेको छ । कोरोनासँग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ८ हजार ४६४ जनाको ज्यान गएको छ । स्पेनमा थप ७४८ जनाको ज्यान गएको छ । यता अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ ।

थप ७१९ जनाको मृत्युपछि अमेरिकामा मृतकको संख्या ३ हजार ८६० पुगेको छ । फ्रान्समा पनि मृतकको संख्या बढेको छ । त्यहाँ कोरोनाका कारण ३ हजार ५२३ जनाको मृत्यु भएको छ ।
यस्तै इरानमा २ हजार ८९८ जनाको मृत्यु भएको छ ।

बेलायतमा एक हजार ७८९ जनाको मृत्यु छ । जर्मनीमा थप १३० जनाको मृत्यु भएको छ भने मृतकको संख्या ७७५ पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३०५ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्ड्समा एक हजार ३९ जनाको ज्यान गएको छ । बेल्जियममा ७०५ जनाको मृत्यु भएको छ । पोर्चुगलमा १६० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।

0747ffbe531244c49e3813c98edb4632 0747ffbe531244c49e3813c98edb4632 6bf4a784196844918a786d965be664f4

यता भारतमा पनि कोरोनाको महामारी फैलिरहेको छ । भारतमा मृतकको संख्या ३५ पुगेको छ भने एक हजार ३९७ जना संक्रमित छन् । आमनागरिकले लकडाउन र सरकारी निर्देशन पालना नगरेका कारण क्षति बढिरहेको भारतीय अधिकारीहरुको भनाई छ ।

पाकिस्तानमा २६ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ भने संक्रमितको संख्या एक हजार ९३८ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमणका कारण पाँच जनाको ज्यान गएको छ ।

राष्ट्रसंघले भन्यो, ‘कोरोना संकट दोस्रो विश्वयुद्ध पछिकै ठूलो चुनौति, २५ करोड मानिसले रोजगारी जान सक्छ’
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्वयुद्ध पछिकै ठूलो चुनौति भएको बताएका छन् ।

967516 01 02

कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै उनंले अहिलेको संकटले विगतमा कहिल्यै नआएको मन्दी ल्याउन सक्ने चेतावनी दिए ।

महासचिव गुटरेसले कोरोना भाइरसले समाजलाई आक्रमण गरिरहेको भन्दै अहिले विश्वलाई एकताको खाँचो रहेकोमा जोड दिए । तत्काल समन्वयात्मक स्वास्थ्य सेवाको प्रवाहबाट मात्र महामारी अन्त्य गर्न सकिने उनको भनाई छ । महासचिव गुटरेसले कोभिड–१९ संयुक्त राष्ट्रसंघको गठन भएदेखिकै सामना गर्नु परेको सबैभन्दा ठूलो परीक्षा भएको बताएका छन् ।

कम विकसित र सम्भावित रोगको महामारी सामान गर्नु डढेलो जस्तो भएकाले औद्योगिक राष्ट्रहरुले उनीहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । राष्ट्रसंघको रिपोर्टले कोरोनाको प्रकोपका कारण विश्वभर २५ करोडले रोजगार गुमाउने अनुमान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७