कोरोना त्रासले काम छाडेर विच्चली भएर आएकालाई सीमामा तगारो लगाउनु हुन्न : पूर्वराजा


१९ चैत्र २०७६, बुधबार
gyanendra bir bikram shah dev 2 0QZ5qtfNar 1

काठमाडौं, १९ चैत । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको त्रासले काम छाडेर विच्चली भएर आएका नेपालीलाई घर आउँदा सीमामा तगारो लगाउन नहुने बताएका छन् ।

आफ्नो ट्वीटर ह्यान्डलबाट ट्वीट गर्दै उनले कोरोनाले गर्दा विदेशमा बस्न नसक्ने भएपछि आफ्नो देश फर्कन खोज्ने नेपालीलाई सीमामा रोक लगाउन नहुने सुझाव दिएका छन् ।

उनले ट्वीट गरेका छन्, ‘आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर बिचल्ली भएपछि फर्कन खोज्दा घरको ढोकामा तगारो लाग्नु हुन्न ।

सरकारले आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ ।’ पूर्व राजा ज्ञानेन्द्रले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि हिमानी ट्रष्टमार्फत करोड रुपैयाँ दान गरेका छन् ।

gyane

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७