मेसी आफ्नो ७० प्रतिशत तलब कटौती गर्न सहमत


१९ चैत्र २०७६, बुधबार
Messi 4

काठमाडौं, चैत १८ । बार्सिलोनाका फरवार्ड लिओनल मेसी आफ्नो ७० प्रतिशत तलब कटौती गर्न सहमत भएका छन्।

मुस्किलको अवस्थामा अन्य कर्मचारीलाई तलब मिलिरहोस भन्नका लागि यो निर्णय गरेको बताइएको छ। मेस्सीले सोमबार इन्टाग्राममा एउटा पोस्ट गर्दै आफूहरुले ७० प्रतिशत तलब कटौती गर्ने बताएका हुन्। कोरोना भाइरसका कारण स्पेनिस ला लिगासहित सम्पूर्ण गतिविधि बन्द भएका कारण क्लबहरु अहिले आर्थिक संकटमा छन्।

messi

‘देशमा उत्पन्न भइरहेको आपतकालिन अवस्थाका लागि यो घोषणा गर्ने समय आइसकेको छ कि हाम्रो तलबबाट ७० प्रतिशत कटौती गरेर हामीले योगदान गर्न सकौं। ताकी अहिलेको अफ्ठ्यारो अवस्थामा कर्मचारीहरुले पुरा तलब पाउन्। साथै हामी स्पस्ट पार्न चाहन्छौं कि अहिलेको अफ्ठायारो स्थिति बुझेर हामी पहिलाबाटै सहयोग गर्न चाहिरहेका थियौं,’ उनले लेखेका छन्।

कोरोनाका कारण गत मार्च १२ देखि स्पेनिस ला लिगाका खेलहरु अनिश्चितकालका लागि स्थगित छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७