कोरोना रोकथाम कोषलाई गरिमा विकास बैंकको ३५ लाख सहयोग


१९ चैत्र २०७६, बुधबार
garima bikash bank

काठमाडौं, १८ चैत । गरिमा विकास बैंकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि राहत कोषलाई ३५ लाख सहयोग गर्ने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई  पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।


बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Garima

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७