खुशी हुँदै स्वदेश फर्किए अष्ट्रेलियाली नागरिक (भिडियोसहित)

वाइडबडी जहाजकाे इतिहासमै पहिलो पटक लामो गन्तव्यको उडान


१९ चैत्र २०७६, बुधबार
return to home autrelian citizen 1

काठमाडौं, १९ चैत । अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिकको खुसी हुँदै स्वदेश फर्किएका छन् । उनीहरुलाई बुधबार नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत उद्धार गरिएको हो ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो ।   स्वदेश फर्किन पाउँदा अष्ट्रेलियाली नागरिक खुशी देखिन्थे । कोरोना भाइरस स‌ंक्रमणप्रति सचेत उनीहरु विमानस्थलमा मास्क लगाएर उपस्थित थिए ।

उनीहरू चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउँदै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी एयरबस ३३० मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने भएको हो ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासको पहलमा नेपालमा अलपत्र परेका करिब २ सय ६४ जना अस्ट्र्र्रेलियाली नागरिक लिएर एयरबस त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियाका लागि उडेको हो ।

निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइडबडी जहाजले लामो गन्तव्यको उडान भरेको हो । मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

वाइडबडी जहाज बिहीबार राति १०ः५० बजेअस्ट्रेलियाको शहर ब्रिश्वेनमा  अवतरण गर्नेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

यसअघि निगमको वाइडबडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको थियो । हाल दुई वाइड बडी ए–३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७