कोरोना कहर : दोस्रो विश्वयुद्धपछि पहिलोपल्ट विम्बल्डन टेनिस स्थगित


२० चैत्र २०७६, बिहीबार
T9iyvT9YO08zXYdLzu2n

काठमाडौं, २० चैत । युएफा च्याम्पियन्स लिग फुटबलका सम्पूर्ण खेलहरु अनिश्चितकालको लागि स्थगित भएका छन् ।

युरोपियन फुटबल महासंघ युएफाका ५५ सदस्य राष्ट्रबीच हिजो भएको भिडियो कन्फरेन्सपछि युरोपियन फुटबलमा सम्पूर्ण प्रतियोगिता अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो ।

क्लब फुटबलकमा दुई ठूला प्रतियोगिताहरु युएफा च्याम्पियन्स लिग र युरोपा लिग रोकएिका छन् । युरोकप फुटबल छनौटको प्ले अफ् खेलहरु पछि सारिएको छ भने महिला च्याम्पियन्स लिगका खेलहरु पनि रद्द गरिएका छन् ।

युरोकप फुटबल अर्को वर्ष हुने भएपछि सन् २०२१ का लागि तय भएको महिलाहरुको युरो कप २०२२ का लागि सारिएको छ ।

इङ्लिस प्रिमियर लिग फुटबलका खेलहरु यसअघि नैं अप्रिल ३० तारिखसम्मको लागि रोकिएको छ । उता, यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिता स्थगित भएको छ । यो लिग दोस्रो विश्वयुद्धपछि पहिलोपल्ट स्थगित भएको हो । दोस्रो विश्वयुद्धपछि अहिलेसम्म कुनै पनि वर्ष विम्बल्डन स्थगित भएको थिएन ।

इङल्याण्डमा आयोजना हुँदै आएको यो प्रतियोगिता घाँसे कोर्टमा हुने वर्षको एक मात्र ग्राण्ड स्लाम टेनिस थियो । यसअघि क्ले–कोर्टमा हुने ग्रान्ड स्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपन पनि स्थगित भईसकेको छ । फेन्च ओपन फ्रान्सको पेरिसमा हुँदै आएको थियो ।

विम्बल्डनको आयोजक अल इङल्यान्ड क्लबले कोरोना भाइरस महामारीले उत्पन्न गरेको विषम परिस्थितिको कारण प्रतियोगिता स्थगित गर्नुपरेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७