गोर्खाज फाइनान्सको यी ८ शाखा आज खुल्ने


२० चैत्र २०७६, बिहीबार
gorkhas finance logo

काठमाडौं, २० चैत । गोर्खाज फाइनान्सले आज (बिहिबार) ८ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को बढदो जोखिमसँगै सरकारले लकडाउन गरे पनि आज(बिहिबार) आठ वटा शाखाहरु खुल्ला रहने सूचना अधिकृत शम्भु राइले जानकारी दिए ।

फाइनान्सले खुल्ने शाखा र ती शाखाका सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर समेत उपलब्ध गराएको छ । फाइनान्सले एक सूचना जारी गर्दै सम्पर्क व्यक्तिको मोवाइल नम्बरमा फोन गरेर पनि आवश्यक जानकारी लिन सकिनेछ ।

सरकारले चैत ११ गतेदेखि २५ गतेसम्मका लागि लक डाउन गरेको छ । लक डाउनमा पनि बैंक तथा फाइनान्सहरुले निश्चित शाखा खोलेर सेवा प्रदान गर्दै आएकाे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७